News
यस्तो छ साम्राज्ञी अभिनित पहिलो भिडियो
साम्राज्ञी आर एल शाह पनि म्युजिक भिडियोमा देखिएकी छिन । आठ चलचित्रमा काम गरेकी साम्राज्ञी पहिलोपटक म्यूजिक भिडियोमा देखिएकी हुन ।
साम्राज्ञी आफ्नै आमा नेहा आरएल शाहको स्वर रहेको गीत ‘तिमी र म’को भिडियोमा आफ्ना प्रेमी देबांस राणाका साथ देखिएकी हुन ।
बोधी एच डीका लागि रमेश एम के पौडेलको प्रस्तुतिमा निर्माण भएको भिडियोको निर्देशन बिशेसदेब पाण्डेले गरेका हुन । गीतमा बिराज गौतमको शब्द र संगीत रहेको छ ।
चार बर्ष शास्त्रीय संगीतको प्रशिक्षण लिएकी नेहाले यसअघि गाएका ‘मेरो मनको सपना’ र ‘फूली फूल्यो’ बोलको गीततले सफलता पाएका थिए । त्यसो त उनको स्वरमा रेकर्ड भइ बसेका आधा दर्जन गीतहरू क्रमश सार्बजनीक गरिने जनाइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




