Ram Babu Gurung   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘सेन्टी भाइरस’को तेस्रो गीत ‘एनी लै’ सार्वजनिक

लेन्सनेपाल २०७६ फागुन ७
‘सेन्टी भाइरस’को तेस्रो गीत ‘एनी लै’ सार्वजनिक

शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘सेन्टी भाइरस’को तेस्रो गीत सार्बजनिक गरिएको छ । ‘एनी लै’ बोलको गीतको लिरिकल भिडियोमा विभिन्न पात्रको पिडा प्रस्तुत गरिएको छ ।

गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको स्वर र संगीत छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र समाजिक राजनीतिक कथामा आधारित छ ।

चलचित्रमा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय रहको छ ।

सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् भने सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।