Rajesh Hamal   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

काठमाडौंको मेयर हुने राजेश हमालको इच्छा !

लेन्सनेपाल २०७८ फागुन २६
काठमाडौंको मेयर हुने राजेश हमालको इच्छा !

महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा ब्यक्त गरेका छन् । सिघ्र प्रसारणको तयारीमा रहेको राजेश हमालसँग एकदिन कार्यक्रम उनले यस्तो इच्छा प्रकट गरेका हुन् ।

हमालको इच्छा यत्तिकै पलाएको भने होइन । काठमाडौंलाई ब्यवस्थित गर्न नसकेको प्रति नेताहरुलाई प्रश्न उठाउँदै उनले यही कारण आफु मेयर हुने इच्छा राखेका हुन् । हमालले शहरलाई व्युटिफाइ गर्न नेताहरुको सोच नपुगेर हो की ढंग नपुगेर भन्दै एकपटक काठमाडौं शहरको मेयर भइदिम की भन्दै आफ्नो इच्छा ब्यक्त गरेका हुन् ।

राजेश हमालले पनि बुधबारबाट आफै नामको युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । उक्त च्यानलमा उनले राजेश हमालसँग एक दिन नामको कार्यक्रमको ट्रेलर हालेका छन् । सोही ट्रेलरमा उनको यस्तो भनेको देख्न सकिन्छ ।

शुरुमै गाडीमा बसेर काठमाडौं सयर गरेका हमालले ड्राइभर सिटमा बसेका व्यक्तिसँग कुरा गर्दै शहरको अस्तब्यस्तता प्रति असन्तुष्टि जनाएका छन् । उनले भनेका छन् – ‘शहरलाई व्युटिफाई गर्ने भन्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाँहि भनिरहेका हुन्छन् । प्राक्टिकल्ली गर्ने सोच नपुगेर हो की ढंग नपुगेर हो की, एकचोटी यो काठमाडौं शहरको मेयर बन्न पर्छ कि क्या हो म ।’

स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा हमालले घुमाउरो शैलीमा राखेको इच्छा पुरा होला त !