News
राजेश विशुराललाई आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड
चलचित्र निर्माण, अभिनय तथा सामाजिक अभियन्ताका रुपमा लामो समयदेखि सक्रिय रहँदै आएका राजेश विशुराल आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । थाईल्याण्डमा सम्पन्न हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ मा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
ईप्लानेट पिटीई लिमिटेड सिंगापुरको आयोजनामा थाईल्याण्डको बैंकक शहरस्थित ईएससी पार्क होटलमा सम्मन्न अवार्ड कार्यक्रममा विभिन्न देशका व्यवसायिक व्यक्तिहरुलाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ प्रदान गरिएको छ । आ–आफ्नो व्यवसायिक क्षेत्रमा लामो समय देखिको निरन्तरता, उपस्थिति, उपलब्धी तथा योगदानको मुल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपालबाट उत्कृष्ट भई पुरस्कृत भएका विशुराललाई कार्यक्रमका विशेष अतिथिका रुपमा रहेका थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस तथा बैंकक स्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिधिनिले अवार्ड प्रदान गरेका थिए ।
हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ बाट सम्मानीत राजेश विशुराल नेपाल फिल्म सोसाइटीका महासचिव हुन् भने नेपाल हंगेरी चेम्बर अफ कमर्सका कोषाध्यक्ष तथा लाइन्स इन्टरनेसनल क्लब ३२५ एम नेपालका डिस्ट्रिक्ट चिफ पनि हुन् । राजेश यस अघि दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०७८मा राष्ट्रिय समाजसेवी सम्मान, नेसनल इन्टरटेन्मेन्ट अवार्ड २०२१मा राष्ट्रिय समाजसेवी सम्मान २०२१ तथा मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ बाट सम्मानीत व्यक्तित्व हुन् । उनले नेपाल चलचित्र प्राविधिक संघ को २०औं साधारण सभामा पनि विशेष सम्मान प्राप्त गरेका थिए ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




