Rajendra Bajgai
Movie's Credit : Lyricist / Music Director / Background Score / Music ArrangerSong's Credit : Cast / Director / Lyricist / Music Arranger / Music Composer / Singer
News
विपना थापालाई ‘यूग नायिका’को सम्मान, यि हुन् ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ का विजेता
अभिनेत्री विपना थापा ‘यूग नायिका’ को रुपमा सम्मानित भएकी छिन । तेस्रो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड २०२३ का अवसरमा शनिबार अभिनेत्री थापालाई उक्त सम्मान प्रदान गरिएको हो ।
समारोहमा अभिनेत्री थापालाई उनले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘जन्मभूमी’ का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सहित नृत्य निर्देशकहरु राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले दोसल्ला ओडाएर सम्मानित गरेका हुन् ।
टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा अवार्ड आयोजना गरेको हो । अवार्ड सारोहमा लोक पप विधामा सर्वोत्कृष्ट संगीत निर्देशकको अवार्ड शंकर थापा स्माइल र सर्वोत्कृष्ट संगीतकारको अवार्ड योगेन्द्र उपाध्यायले प्राप्त गरेका छन् । यस्तै निशान घिमिरेले सार्वोत्कृष्ट सम्पादक, प्रशान्त तामाङ्गले सर्वोत्कृष्ट कोरियोग्राफर, शैलेन्द् खनालले सार्वोत्कृष्ट गीतकार, पुष्प खड्काले सार्वोत्कृष्ट मोडल पुरुष, नम्रता सापकोटाले सर्वोत्कृष्ट मोडल महिला, नवराज उप्रेतिले सर्वोत्कृष्ट छायाँकार, सोनाम पाख्रिनले सार्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक पुरुष, विना श्रेष्ठले सार्वोत्कृष्ट म्युजिक भिडिया निर्देशक महिला र जुम्ला बोलको गीतको भिडियोले सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड प्राप्त गरेका छन् । अवार्ड समारोहमा बिभिन्न ५८ वटा क्याटगरिमा अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड विजेताको पूर्ण विवरण हेर्न यहाँ क्लीक गर्नुहोस् :
आईएमई पेद्वारा पावर्ड गरिएको अवार्डमा प्रभु बैंकको सहकार्यमा रहेको थियो । अवार्डको जूरी सदस्यमा मेकअप आर्टिष्ट ऋतु राणा, लोक गायक नमराज ढुंगाना, गायक नविन कुमार पौडेल, संगीतकार राजेन्द्र बजगाईं तथा मोडल सञ्चिता शाही रहेका थिए ।
समारोहमा अभिनेता गोपाल ढकाल छन्दे, मोडल तथा कोरियोग्राफर नरेश वीर सिंह, गीतकार तथा सामाजिक अभियन्ता निर्मला राई परिवेश, गीतकार तथा सामाजिक अभियन्ता शान्ती खत्री, मोडल अंकित कुमार अधिकारी, मोडल नरेश जंग कार्की, मोडल बिपिन खड्का, गायक तथा पत्रकार पुष्पराज तिमिल्सिेना तथा अभिनेता तथा मोडल अयुब केसीलाई सम्मानित गरियो ।
समारोहमा नम्रता सापकोटा, ऋचा थापा, प्रनिमा दाहाल, प्रविणा श्रेष्ठ, दावा तामाङ, प्रशान्त मगर तथा किड्स क्यापिटल नेपाल २०२२ तथा २३ का आश्रिया थापा, आरोन श्रेष्ठ, सुहान पुन, मीमिक राना मगर, दिपशन चिलुवाल, इश्लिया गुरुङले विशष प्रस्तुति दिएका थिए ।
कार्यक्रमलाई नायकद्वय यशराज गराच र दिक्पाल कार्कीले होष्ट गरेका थिए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


