Raj Bahadur Sane   
Movie's Credit : Director / Story / Screenplay / Dialogue

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

गायकबाट नायक बन्दै प्रेम परियार

लेन्सनेपाल २०७६ मंसिर १६
गायकबाट नायक बन्दै प्रेम परियार

सन् २०१४ को चलचित्र ‘नाइ न भन्नु ल २’ बाट पाश्र्वगायनमा प्रवेश गरेका प्रेम परियारले अब चलचित्रमा अभिनय गर्ने भएका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर चर्चामा आएका यि बालगायक ‘पर्खि बसे फर्की आउछु’ नामको चलचित्रमा मुख्य भुमिकामा देखिनेछन् ।

दाङ जिल्लाको तुलसीपुरमा शुभ मुहर्त गरेसँगै चलचित्रमा प्रेमको मुख्य भुमिका रहने जनाइएको हो । शुभ मुहर्तमा चलचित्रका मुख्य कलाकार प्रेम परियार, समिक्षा बस्नेत र देव सागरले शर्ट दिएका थिए । पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रि दिपक गिरिको प्रमुख आतिथ्यतामा चलचित्रको मुहर्त सम्पन्न गरिएको हो ।

मुहर्तसँगै राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको छायाँकन पनि सुरु गरिएको छ । चलचित्रमा प्रेम, समिक्षा र देवका अलवा पदम तामाङ,सुशील गौतम, सुशील पोखरेल, दिपक थापा, शुभम गौतम, डा।लोकराज पराजुली, हेमराज बिसीलगाएतका कलाकारको मुख्य भूमिका रहनेछ ।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यम कान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो । 

एउटी अपांग केटीको टिनएजमा हुने रहर र जीवन संघर्षको कथा देखाइने चलचित्रमा निर्देशक सानेकै लेखन, कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी, बसन्त सापकोटा, एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत, अरुण सुनारले छायाँकन र सानु कुमार महर्जनको द्वन्द रहने छ ।