Rabindra Jha   
Movie's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

फागुन १७ गतेलाई प्रदर्शनको मिति तोक्दै ‘जात्रै जात्रा’को टिजर सार्वजनिक 

लेन्सनेपाल २०७५ कार्तिक २४
फागुन १७ गतेलाई प्रदर्शनको मिति तोक्दै ‘जात्रै जात्रा’को टिजर सार्वजनिक 

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक गरिएको छ । शनिबार भिडियो साझेदारी सञ्जाल युट्युव मार्फत टिजर सार्वजनिक गरिएको हो ।

फागुन १७ गतेलाई प्रदर्शनको मिति तोक्दै सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य कलाकार बिपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राईलगायतका कलाकारलाई प्रस्तुत गरिएको छ ।

चलचित्र ‘जात्रै जात्रा’ २०७३ कार्तिक २६ गते प्रदर्शन भएको चलचित्र ‘जात्रा’को सिक्वेल हो । टिजर हेर्दा जात्राको शैली सिक्वेलमा पनि कायम राखिएको देखिएको छ । टिजरमा समावेश गरिएका सम्वादका आधारमा जात्रा जहाँ सकिएकोे थियो त्यहीबाट यसको कथा उठान गरिएको सहजै बुझ्न सकिन्छ ।

प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रै जात्रा’मा बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झालगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रलाई सिंगे लामा र यादव पौडेलले निर्माण गरेका हुन । कार्यकारी निर्माता भने रविन्द्र सिंह बानियाँ हुन ।