Rabi Adhikari   
Movie's Credit : Cast / Producer / Executive Producer
Song's Credit : Lyricist

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

पीडित र अधिकारी चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

लेन्सनेपाल २०७९ चैत्र ९
पीडित र अधिकारी चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

चलचित्र विकास बोर्डको सदस्यमा सञ्चारकर्मीद्वय केएल पीडित र रवि अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको हो । दुवैले तालुकवाला निकाय सूचना मन्त्रालयबाट नियुक्तिको पत्र बुझिसकेका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत रहेका पत्रकार पीडितले थारु भाषाको चलचित्र ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन  समेत गरेका छन् । २०७७ सालमा चलचित्र विकास बोर्डले उनलाई लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिको सदस्यमा समेत नियुक्त गरेको थियो । नेकपा माओबादी निकट मानिने पीडित गीतकार पनि हुन् । उनले ‘आह्वान’ नामक गीति एल्बम निकालेका छन् ।

त्यस्तै, नेकपा माओवादी निकटकै सञ्चारकर्मी अधिकारी चलचित्र पत्रकार संघ चितवान शाखाको निर्वतमान अध्यक्ष समेत हुन् । ओस्कारका लागि नेपालबाट सिफारिस भएको चलचित्र ‘पञ्चायत’ र ‘बाबु कान्छा’ नामक चलचित्रमा उनले लगानी समेत गरेका छन् । अधिकारी गीतकार पनि हुन् ।