Puskar Lama
Movie's Credit : Cast / Production Manager
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
एलआईसीले गर्यो नेफ्टा फिल्म अवार्डको टाइटल स्पोन्सर
दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड टाइटल स्पोन्सरका रुपमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल) जोडिएको छ ।
नेपाल चलचित्र प्राविधिक संघको आयोजना तथा ड्रिम हाइ नेपाल प्रालिको ब्यबस्थापनमा हुने उक्त अवार्डका लागि टाइटल स्पोन्सरका लागि एलआइसीका तर्फबाट सिइओ लक्ष्मीप्रसाद दास तथा ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नेफ्टा अवार्डको नाम एलआइसी नेपाल १० औं नेफ्टा अवार्ड २०७७ भएको छ । आगामी फागुन २९ गते सम्पन्न हुने अवार्डका लागि एलआइसीसँगै ब्यूटी स्पोन्सरमा जोय पपैया र सहकार्य पार्टनरका रपमा काठमाडौं वर्ल्ड स्कुल पनि जोडिएको छ भने अवार्डलाई पर्यटन बोर्डले प्रवर्धन गर्नेछ ।
कोरोना भाइरसको महामारीको कारण गत वर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् । जुरी निर्णयका आधारमा उत्कृष्ट पाँचको मनोनयन फागुन १ गते काठमाडौंमा सार्वजनिक गरिदैछ ।
कोरोना महामारीपछि सुस्ताउने अवस्थामा पुगेको चलचित्र क्षेत्रलाई थप चलायमान र सकृय बनाउन अवार्ड कार्यक्रम गर्न लागिएको प्राविधिक संघ अध्यक्ष पुष्कर लामाले बताए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



