Puspa Khadka   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘दाल भात तरकारी’को गीत सार्वजनिक

लेन्सनेपाल २०७५ माघ १२
‘दाल भात तरकारी’को गीत सार्वजनिक

चलचित्र ‘दाल भात तरकारी’मा समावेश पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि चलचित्रका समावेश लोक फ्लेवरको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर तथा बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको शब्द छ ।

सुदन केसीको निर्देशन रहेको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । महसंचारको ब्यानरमा निमार्ण भएको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल, विल्सन विक्रम राई, शिशिर वाङदेललगायतका कलाकारको अभिनय छ ।

आगामी बैशाख १३ गतेबाट प्रदर्शन हुने जनाइएको चलचित्रमा रमिला आचार्य, नरेन्द्र कंसकार, शिवहरि पौडेल र यमन श्रेष्ठको लगानी रहेको छ । हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, दिर्घ गुरुङको छायाँकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।