Priyanka Karki
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
प्रियंका भन्छिन् – पीडित हुँ भन्न पनि ठुलै हिम्मत बोक्नुपर्छ
पल शाह प्रकरणमा अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छिन । सामाजिक सञ्जाल फेसबुक मार्फत कार्कीले हाम्रो समाजमा म पीडित हुूँ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्ने उल्लेख गरेकी छिन ।
नाबालिगको पक्षमा खुलेर आफ्नो अभिव्यक्ति दिएकी कार्कीले अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्ने जनाएकी छिन ।
उनले खेखेकी छिन –
दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले "म पीडित हुँ" भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।
नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको 'निर्णय लिन सक्ने क्षमता'लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।
बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



