Priyanka Karki   
Movie's Credit : Cast / Special Appearance / Playback Singer / Choreographer
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक

लेन्सनेपाल २०७६ फागुन १
‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक

चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द र संगीत, बाबुलसँगै जुनु रिजाल काफ्लेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।

दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड लोक प्लेवरको गीत राजधानी आसपासका ठाउँमा खिचिएको हो ।

हास्यकलाकार शिवहरी पौड्यालले निर्देशन गरेको चलचित्रमा उनकै कथा, पटकथा र संवाद छ । पाका उमेरको मानिसको कथा भन्ने चलचित्रमा दीलिप, प्रियंका, सलोन र वर्षासँगै किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

चैत २१ गतेबाट प्रदर्शन हुने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन छ ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता अनसुया श्रेष्ठ ओन्ता हुन् भने, सह(निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ हुन् ।