Prashant Siwakoti   
Movie's Credit : Lyricist / Music Director / Playback Singer
Song's Credit : Cast / Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ सार्वजनिक

लेन्सनेपाल २०८१ भाद्र ३०
‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ सार्वजनिक

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ ।

यस्तै भिडियोमा विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ । चलचित्रमा विजय र प्रकाश सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् कार्यकारी निर्माता हुन् । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।