Prashant Siwakoti   
Movie's Credit : Lyricist / Music Director / Playback Singer
Song's Credit : Cast / Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘दाहिने हातैमा’ सार्वजनिक

लेन्सनेपाल २०८१ असोज १२
‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘दाहिने हातैमा’ सार्वजनिक

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ । गीतले चलचित्रका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ ।

गीत सुनाउँदै गर्दा चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन् । उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

पटकथा तथा संवाद महेश दवाडीको पटकथा रहेको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।