Pramod Agrahari   
Movie's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘अगस्त्य’मा तीन कलाकारको मेहनत, जो यतिबेला चर्चामा छ

लेन्सनेपाल २०८० फागुन ९
‘अगस्त्य’मा तीन कलाकारको मेहनत, जो यतिबेला चर्चामा छ

तीन कलाकारहरु जसको मेहनत यतिबेला चर्चामा छ । सौगात मल्ल, नाजिर हुसेन र प्रमोद अग्रहरी जसको मेहनतले यतिबेला उनीहरुलाई ‘टक अफ द टाउन’ बनाएको छ भने ‘अगस्त्य’लाई पनि प्रतिक्षित चलचित्र बनाएको छ ।

सौरभ चौधरी निर्देशित चलचित्र फागुन १८ गतेबाट विश्वव्यापी प्रदर्शन हुँदैछ । चलचित्रको टिजर सार्वजनिक पछि प्राप्त हाइप ट्रेलर रिलिज पछि थप चुलिएको छ । ट्रेलरले यतिबेला बिभिन्न माध्यमबाट प्राप्त गरेको तारिफ र सकारात्मक प्रतिक्रियाले चलचित्रलाई थप प्रतिक्षित मात्र बनाएको छैन निर्माण पक्षलाई दर्शकको अपेक्षा मिट गर्नुपर्ने चुनौति पनि थपिएको छ । निर्देशक चौधरी टिजर र ट्रेलरमा देखाइएको भन्दा पनि निकै खादिलो कन्टेन चलचित्रमा दर्शककले पाउँने बताउँछन् ।

चलचित्रका लागि अभिनेता मल्ल र हुसेनको मेहनतको सर्वत्र प्रसंशा भइरहदा अर्का अभिनेता अग्रहरीले दक्षिण भारतिय चलचित्रका भिलेनलाई बिर्साएको चर्चा छ । त्यसमाथी निर्देशकिय पक्ष र मेकिङको पनि तारिफ भइरहेको छ । अभिनेता मल्लको चरित्रमा विविधता देखिन्छ । ट्रेलरमा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी तीनवटा अवस्थामा देखाइएको छ । यि सबै अवस्थामा फिट हुन् उनले सुरुमा आफ्नो तौल २० केजी घटाएर पछि १० केजी बढाएका थिए । उनले तौल घटाएर शरीर मात्र बनाएनन् आफ्नो पात्रलाई जीवन्तता दिएका छन् । उनले ४५ डिग्री तापक्रममा पनि गरेको कामले हाइप कायम गरेको छ । त्यसो त ‘अगस्त्य’को पात्रले उनको ‘हाँकु काले’को ट्याग बिर्साउन सक्ने धेरैको अनुमान छ ।

यस्तै, अर्का नायक हुसेनको चरित्रमा पनि विविधता देखिन्छ । लामो समयपछि पर्दामा देखिन लागेका कारण उनका फ्यानलाई त यो चलचित्र प्रतिक्षित हुने नै भयो त्यसबाहेक उनको मेहनतले चलचित्र प्रेमी माझ प्रतिक्षित बनाउन सहयोग मिलेको छ । एउटै पात्र भित्र बिभिन्न चरित्र निर्वाह गर्ने क्रममा उनले पनि आफ्नो तौल २० किलो सम्म घट्बढ् गर्नु परेको थियो ।

यस्तै झट्ट हेर्दा भिलेनको रुपमा देखिएका प्रमोदले दक्षिण भारतीय कलाकारको झल्को दिएको प्रतिक्रिया धेरैले दिएका छन् । प्रमोदले अभिनय गरेको पात्र समाजबाटै टिपिएको भएपनि उनको गेटअपले धेरैले साउथका कलाकार बिर्साएको प्रतिक्रिया दिएका हुन् ।

आम दर्शकबाट कलाकारले सकारात्मक प्रतिक्रिया बटुलिरहदा चलचित्र मेकर तथा पत्रकारहरुबाट भने निर्देशक चौधरीलाई निर्देशनमा परिपक्क हुँदै गएको प्रतिक्रिया मिलेको छ । पहिलो चलचित्र ‘लभ डायरिज्’बाट निर्देशनमा प्रशस्त सम्भावना देखाएका चौधरीले यसपटक आफुलाई परिपक्क निर्देशकको रुपमा स्थापित गर्ने छनक ट्रेलर बाट दिएका छन् । चौधरीकै लेखन रहेको चलचित्र निर्माण अघि उनले प्रि–प्रोडक्सनमा लामो समय सम्म काम गरेका थिए । चलचित्रका लागि स्टोरी बोर्ड नै निर्माण गरेर छायाँकन गरेकोले पनि उत्कृष्ट बनेको अपेक्षा गर्न सकिन्छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्र सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चचित्र फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । चलचित्र अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।