Prakash Saput   
Movie's Credit : Cast / Director / Story / Lyricist / Music Director / Playback Singer
Song's Credit : Cast / Lyricist / Music Composer / Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत

लेन्सनेपाल २०८१ बैशाख १४
‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत

सरोज पौडेलको निर्देशन रहने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । चलचित्रमा उनको भूमिकाको बारेमा भने केही खुलाइएको छैन ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्र जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा छ । निर्माण पक्षले यस अघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो ।

चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ भने रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, महेश दवाडीको पटकथा तथा संवाद रहनेछ ।