Pradeep Khadka
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
माइनस २६ डिग्रीको चिसोमा ‘प्रेमगीत ३’को छायाँकन
चिसोको कुनै पर्वाह नगरि चलचित्र ‘प्रेमगीत ३’को छायाँकन मनाङमा भइरहेको छ । मनाङको तापक्रम माइनस २६ डिग्री सेल्सियसमा झर्दा समेत काम रोकिएको छैन । हिउँ परिरहेको बेला छायाँकन गर्नुपर्ने दृश्य भएकाले अलि गाह्रो भएपनि टिमको लगावका कारण राम्रोसँग काम भइरहेको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङका साथै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।

सेनका अनुसार मनाङमा १० दिनको छायाँकन सकिँदा कुल ७५ प्रतिशत छायाँकन सकिएको छ । अगाडी कुनै अप्ठेरो नआएमा अबको १०-१५ दिन भित्रमा चलचित्रको छायाँकन सक्ने तयारी निर्माण टिमको छ । मनाङ जानुअघि राजधानीको किर्तिपुरमा तयार गरिएको भव्य सेटमा ४५ प्रतिशत छायाँकन गरिएको थियो । चलचित्रको ५५ प्रतिशत छायांकन मनाङमै हुनेछ ।
हिउँ पर्दा छायाँकन गरिएका केहि थान तस्विर पनि निर्माण पक्षले बाहिर ल्याएको छ । जहाँ, मनाङको स्थिति झल्किन्छ । २ सय अगाडीको प्रेमकथामा निर्माण भइरहेको चलचित्र यो वर्षको प्रतिक्षित चलचित्र हो । आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा बनेको चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत, राजेश श्रेष्ठको छायाँकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



