Pradeep Khadka   
Movie's Credit : Cast / Presenter / Story / Screenplay

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘प्रेमगीत ३’को प्रदर्शन मिति फेरी पनि स्थगित

लेन्सनेपाल २०७८ पौष २०
‘प्रेमगीत ३’को प्रदर्शन मिति फेरी पनि स्थगित

चलचित्र ‘प्रेमगीत ३’को प्रदर्शन मिति फेरी पनि अनिश्चितकालको लागि स्थगित भएको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासले बिकसित परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शन स्थगित गरिएको जनाइएको छ ।

निर्माता सन्तोष सेनले सोमबार राती विज्ञप्ति जारी गर्दै कोरोनाको विकसित परिस्थितीको कारण रिलिजलाई स्थगित गर्नुपरेको बताएका छन् ।

यसअघि यो फिल्मलाई फागुन १३ गते रिलिज गर्ने तयारी थियो । नेपाल भारत र विश्वभरी अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको निर्माता सेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतमा कोभिड संक्रमणमा भएको वृद्धिको कारण चलचित्र हलहरु बन्द छन् ।

दुईवर्षअघि रिलिज पनि कोरोना भाइरसकै कारण लकडाउन हुँदा यो चलचित्रको प्रदर्शन स्थगित भएकोको थियो ।