Pradeep Khadka   
Movie's Credit : Cast / Presenter / Story / Screenplay

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

मेघालाई भेट्न पुगे प्रदिप, लभ स्टेशनले गर्यो एक लाख सहयोग

लेन्सनेपाल २०७५ फागुन ९
मेघालाई भेट्न पुगे प्रदिप, लभ स्टेशनले गर्यो एक लाख सहयोग

चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको छ । बुधबार दिउँसो उनकै डेर भक्तपुरमा पुगेको चलचित्रको टिमले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही र संगीतकार एलिस कार्की मेघा भेट्न पुगेका हुन ।

मेघाले आफुलाई मन पर्ने कलाकार प्रदिप खड्का भएको भन्दै उनलाई भेट्ने इच्छा व्यक्त गरेकी थिइन । दुबै हात गुमाएकी मेघाको हात राख्नको लागि आर्थिक सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेलेका कलाकार शिशिर भण्डरीको पहलमा प्रदिपले मेघालाई भेटेका हुन । सो अवसरमा भण्डारीको पहलमा जम्मा भएको ४ लाख समेत प्रदिपकै हातबाट मेघाको परिवारलाई प्रदान गरिएको छ ।

मेघासँगको भेटपछि प्रदिपले आफुले सोचेको भन्दा उनी निकै फरक र शाहसिक पाएको बताउका छन् । यस्तै अभिनेत्री जसिताले पनि मेघाको हात राख्ने चाहना चाँडै पुरा होस भन्ने कामना गरिन् । यता प्रदिपलाई भेट्न पाउँदा मेघा निकै खुशी देखिएकी थिइन ।

चैत्र २२ गतेबा प्रदर्शन हुने चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतका कलाकारको अभिनय रहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।