Pradip Bhattarai   
Movie's Credit : Director / Story / Screenplay / Dialogue

News

प्रदीप र मेलीना वर्ष ब्यक्ती

लेन्सनेपाल २०७६ चैत्र २
प्रदीप र मेलीना वर्ष ब्यक्ती

निर्देशक प्रदीप भट्टराई र गायिका मेलीना राई वर्ष ब्यक्ती घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं बार्षिक उत्सबको अवसर पारी वर्ष व्यक्ति घोषणा गरेको हो । विगत ११ वर्षदेखि नियमित प्रकाशन हुँदै आइरहेको साप्ताहिकले पछिल्लो केही वर्षयता आफ्नो वार्षिकोत्सवका अवसरमा पुरुष र महिला गरि दुई चलचित्रकर्मीलाई वर्ष व्यक्ती घोषणा गर्दै सम्मान गर्ने गरुेको छ ।

वर्ष ब्यक्ती घोषित भएका निर्देशक भट्टराई थुप्रै टेलिचलचित्रमा कार्यगत अनुभव बटुली चलचित्रमा प्रवेश गरेका हुन् । जात्रा, शत्रुगते एवं जात्रै जात्राका निर्देशक भट्टराईले व्यबसायिक सफलतामा पनि ह्याट्रिक गरेका छन् । भट्टराई यतिखेर चर्चित टेलिभिजन रियालिटी शोमा निर्णायक रहेका छन् भने जात्रा सिरिजको नयाँ चलचित्र लेखन कार्यमा छन् । त्यस्तै मेलिना राई पाश्र्व गायनमा स्थापित नाम हो । चवलचित्र नोभेम्बर रेन मार्फत पाश्र्व गायनमा आएकी मेलिनाले त्यसयता थुप्रै चवलचित्रका लागि गीत गाएका छिन् । चलचित्र गीत, आधुनिक एवं लोक गीत जताततै उनको व्यस्तता, सफलता, लोकप्रियतालाई आधार मान्दै मेलीना राईलाई चयन गरिएको फिल्मीखबरको कथन छ ।

यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रंग पत्रकार सवीन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंग पत्रकार सुमन वैरागीलाई प्रदान गरिने घोषणा गरेको छ ।

वार्षिकोत्सवकै दीन कार्यक्रम गरि सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यस पटक कोरोना प्रकोपका कारण केहि दीन पछी कार्यक्रम गरि सम्मन र पुरस्कार प्रदान गरिने फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले बताएका छन् ।

प्रियका अनुसार वर्ष व्यक्तीका लागि ट्रफी, प्रमाणपत्र सहित पुरस्कारहरु एवं रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र एवं नगद राशी ११०११।– सहित सम्मान पुरस्कार प्रदान गरिने छ ।

फिल्मखबर विगत ११ वर्षदेखि नियमीत रुपमा प्रकाशन हुँदै आइरहेको नेपालको एकमात्र फिल्मी साप्ताहिक हो ।