Phulman Bal Film Journalist
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
भदौ २७ मा ‘नीरफूल’
चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति तय गरिएको छ । आगामी वर्ष भदौ २७ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको हो
पत्रकार फुलमान वलको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।
भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित फिल्म गणेश हिमाल मुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ । एक बर्ष अघि नै छायांकन सकिएको भए पनि एनिमेसन र भिएफएक्सका कारण पोस्ट प्रोडक्शन लम्बिएको निर्देशक वलले जनाएका छन् ।
चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले २०७२ को महाभूकम्पको पृष्ठभुमिमा राज्य प्रणालीको भष्टता पनि औंल्याउन खोजिएको बताए ।
फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको चलचित्रका कार्यकारी निर्माता डोमा सोनाम हुन् । भने निर्माताको रुपमा माया केसी, दिपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, दिनेश लम्तरी मगर, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठरहेका छन् । चलचित्रमा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





