Phulman Bal   Film Journalist
Movie's Credit : Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

फागुन ३० मा फूलमानको ‘नीरफूल’

लेन्सनेपाल २०७६ पौष २
फागुन ३० मा फूलमानको ‘नीरफूल’

पत्रकार फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ फागुन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । यस अघि गत भदौ २७ मै प्रदर्शन हुने भनिएको चलचित्रको पोस्ट प्रोडक्सनमा ढिलाई भएका कारण फागुनमा सरेको हो ।

भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतका कलाकारको अभिनय रहेको छ । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायाँकन गरिएको चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भुमिकामा छिन् ।

चलचित्रमा निर्देशक वल र सचिन घिमिरेको पटकथा, प्रमोद कार्कीको छायाँकन, अर्जुन पोखरेलको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

निर्देशक वलले चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति चलचित्रमा बोनसको रुपमा हुने उनको दावी छ ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको चलचित्रका कार्यकारी निर्माता डोमा सोनाम हुन् । यस्तै निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम  लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत छन् ।