Paul Shah   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित

लेन्सनेपाल २०७६ फागुन २३
‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित भएको छ । शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको त्रासका कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो ।

फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्रको नयाँ प्रदर्शन मिति भने घोषणा गरिएको छैन । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि चलचित्रको प्रदर्शन रोकिएको विज्ञप्तीमा उल्लेख छ । कोरोनाबाट बच्नका लागि जिल्ला प्रशासनले आवश्यक कामबाहेक बाहिर ननिस्कन, भीडभाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्न सूचना जारी गरेको र नेपाल चलचित्र निर्माता संघले समेत सम्भव भएसम्म छायांकन रोक्न सूचना जारी गरेको अवस्थामा कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्नका लागि प्रदर्शन रोकिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
 
सुर्दशन थापाको निर्देशन रहेको चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।

नायिका पूजा र निर्देशक सुदर्शनको लगानीमा बनेको चलचित्रमा निर्देशक सुदर्शनको कथा, शिवम अधिकारी र दिनेश न्यौपानेको लेखन, सौरभ लामाको छायांकन, बनिष शाह र मिलन श्रेष्ठले सम्पादन र अर्जुन पोखरेलको संगीत रहेको छ ।