Parichhed Sen
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
भाद्र ३ मा ‘प्रेमगञ्ज’, फरक तरिकाले गरियो रिलिज डेट घोषणा
चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको हो ।
निर्माण टिमले सार्वजनिक गरेको भिडियो पोष्टरमा नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के. खनाललगायतका ब्यक्तिहरुले चलचित्रलाई शुभकामना सहित प्रदर्शन मिति घोषणा गरेका छन् । चलचित्र निर्माण टिमले प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको हो ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । तेजले यस अघि केही चलचित्रमा समान्य भुमिकामा काम गरेका भएपनि यो चलचित्रबाट नायकको रुपमा डेब्यु गर्दैछन् ।
स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




