Parichhed Sen   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

परिच्छेदको निर्देशनमा  ‘महाराजधिराज’ बन्ने

लेन्सनेपाल २०८० असोज २९
परिच्छेदको निर्देशनमा  ‘महाराजधिराज’ बन्ने

परिच्छेद सेनको निर्देशनमा बन्ने चलचित्र  ‘महाराजधिराज’को घोषणा गरिएको छ । घटस्थापनाको अवसर पारेर घोषणा गरिएको चलचित्रमा परिच्छेदकै लेखन रहने छ । बिराज बिष्टको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा टोपेन्द्र बिष्टको लगानीमा रहने छ । 

गतबर्ष चलचित्र ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका परिच्छेदको यो चलचित्र रोमान्टिक तथा सामाजिक कथामा निर्माण हुनेछ । प्रस्तुतकर्ता विराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए । यो चलचित्रले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष चलचित्रको अवार्ड समेत पाएको थियो ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण घोषणासँगै २०८१ सालको तिहारमा रिलिज गर्ने घोषणा पनि गरिएको छ । चलचित्रका कलाकार भने तय हुन बाँकी रहेको निर्देशक परिच्छेलले जनाएका छन् ।