Nitin Chand   
Movie's Credit : Director / Choreographer
Song's Credit : Cinematographer / Director / Editor

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक

लेन्सनेपाल २०७६ आषाढ २९
चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘छ कि छैन् तिमिलाई थाहा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत, अन्जु पन्त र सुरेश लामाको स्वर र नितिन चन्दको कोरियोग्राफी रहेको छ । भारतको गोवा र नेपालमा छायाँकन गरिएको उक्त गीतमा चलचित्रका मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिएको छ । 

नितिन चन्दको निर्देशन रहेको  चलचित्रमा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको अभिनय रहेको छ । 

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा र संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ ।

चलचित्रको प्रदर्शन मिति असोज २४ गतेलाई तय गरिएको छ ।