Nischal Basnet
Movie's Credit : Cast / Special Appearance / Director / Producer / Executive Producer / Story / Screenplay / Dialogue / Lyricist / Playback Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘जात्रै जात्रा’को पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक
चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइताबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रमा समाबेश ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरिएको हो । विहेको सेटमा खिचिएको गीतमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर, निश्चल बस्नेत, वर्षा राउत, सारा सिर्पालीलगायतका कलाकारको नृत्य रहेको छ ।
गीतमा कृष्ण भारद्धाजको संगीत, लेखु सहयात्रीको शब्द तथा निशान भट्टराई र मनिषा पोखरेलको स्वर छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । षट्कोण आर्टको व्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
सन् २०१६को हिट चलचित्र ‘जात्रा’को सिक्वेलका रुपमा निर्माण भएको चलचित्र आगामी वर्षको जेष्ठ ३ गतेबाट रिलिज हुनेछ । निर्देशक भट्टराईका अनुसार ‘जात्रा’को कथा जहाँबाट सकिएको थियो, त्यहीबाट ‘जात्रै जात्रा’को नयाँ कथा सुरु भएको छ ।
राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अञ्जु महर्जन, प्रियंका झालगायतका कलाकारको पनि अभिनय रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व र मित्र डि गुरुङको सम्पादन रहेको छ । रविन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सिंगे लामा र यज्ञश्वर पौडेल हुन ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



