This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘दिमाग खराब’ को छायांकन सुरु

लेन्सनेपाल २०८० जेष्ठ ८
चलचित्र ‘दिमाग खराब’ को छायांकन सुरु

चलचित्र ‘दिमाग खराब’ को छायांकन सुरु भएको छ । निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गरि काभ्रेबाट छायांकन सुरु गरिएको हो ।

३५ दिनको सेड्युलसहित सुरु भएको चलचित्र जनता र शक्तिको कथामा बन्नेछ । कात्तिक २४ गतेका लागि प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा आकाश बरालको पटकथा र कालीप्रसाद बाँस्कोटाको संगीत रहने छ । चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिकामा छन् ।

निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा देखिन लागेका हुन् । बस्नेतले पछिल्लो समय सन् २०१७ ‘लुट २’ निर्देशन गरेका थिए ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रौनक विक्रम कँडेल र कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् ।