Niruta Singh
Movie's Credit : Cast / Special Appearance / Playback Singer / Art DirectorSong's Credit : Cast / Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘क्याप्टेन’को दोस्रो गीत सार्वजनिक, अनमोल, भुवन र निरुताको नृत्य

चलचित्र ‘क्याप्टेन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका विच चलचित्रमा समावेश ‘कर्ली कर्ली’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा कलाकारहरु अनमोल केसी, भुवन केसी र निरुता सिंहलाई फिचर्ड गरिएको छ ।
सार्वजनिक गीतमा एसडी योगी र सुशान्त गौतमको संगीत, हर्क साउँद र मनिष ढकालको शब्द, मेलिना राई र एसडी योगीको स्वर र रेनेशा वान्तवा राईको कोरियोग्राफी रहेको छ ।
चलचित्र भित्र ‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत आउने निर्माता समेत रहेका भुवन केसीले जनाएका छन् । दर्शकका लागि अनमोल, भुवन र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास निर्माण टिमको छ ।
सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । भुवन केसीको लगानीमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता जिया केसी हुन् । चलचित्रमा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र फागुन १७ गतेबाट प्रदर्शन हुँदैछ ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal