Nimesh Pradhan   
Movie's Credit : Director / Story / Screenplay / Dialogue

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

निमेष र आकाश भन्छन् – ‘सम्झना बिर्सना’ले नेपाल र दार्जलिङलाई जोड्छ

लेन्सनेपाल २०७९ आषाढ २९
निमेष र आकाश भन्छन् – ‘सम्झना बिर्सना’ले नेपाल र दार्जलिङलाई जोड्छ

चलचित्र ‘सम्झना बिर्सना’ शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । निमेष प्रधानको निर्देशन रहेको चलचित्रमा आकाश श्रेष्ठ र पुजा शर्माको मुख्य भुमिका रहेको छ ।
निर्देशक निमेष प्रधान चलचित्र लभस्टोरी मात्र नभएर समाजिक विषय माथी बनेको बताउँछन् । चिया बगानमा काम गर्ने मजदुरहरुको समस्यालाई पनि आफुले चलचित्रका माध्यमबाट प्रसतुत गरेको उनको भनाई छ । 

हामी प्रायले चिया त खान्छौं तर, त्यही चिया तयार गर्ने मजदुरहरुको अवस्थाबारे हामी कति बेखबर नै छौं, निमेष यसअर्थ पनि चलचित्रको कथाले आम दर्शकको मन छुने विश्वासमा छन् । त्यसो त निमेष चलचित्रमा चिया मजदुरको कथा उठान गरिएको भए पनि यो कुनै शिक्षा दिने उद्देश्यले नभइ बिसुद्ध मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको दाबी गर्छन ।

नेपाल र र भारतको दार्जलिङको भाषा, संस्कार, संस्कृति, रहन सहन, रितिरिवाज प्रायः उस्तै भएकोले पनि आफुले चलचित्रका माध्यमबाट नेपालसँग दार्जलिङलाई जोड्ने प्रयास गरेको उनको भनाई छ ।

यता चलचित्रका कलाकार आकाश श्रेष्ठ पनि निमेषको कुरामा सहमत छन् । आफुले चलचित्रको लागि छायाँकन शुरु हुनु केही समय अघि देखिनै त्यहाँको बोल्ने शैली, रहनसहन लगायतका विषयमा सुक्ष्म रुपमा नियालेको उनको भनाई छ । आफ्नो पात्रलाई न्याय गर्न आफुले सक्दो कोसिस गरेको उनी बताउँछन् ।
प्रायः लभस्टोरी चलचित्रमा मात्र देखिएका आकाश यो चलचित्रको कथा नितान्त भिन्न रहेको बताउँछन् । भिन्न कथा भएकोले लभस्टोरी नै हुँदा पनि आफुले केही फरक काम गर्न पाएको उनको कथन छ ।

जीवनमा हिजोका कतिपय कुराहरु बिर्सेर आजका सुन्दर पक्षहरुलाई सम्झनु पर्छ भन्ने मान्यताले आफुले चलचित्रको नाम ‘सम्झना बिर्सना’ राखेको निर्देशक निमेषको भनाई छ ।

अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको चलचित्रका दुई गीत ‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ सार्वजनिक भइसकेको छ ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको चलचित्र शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । चलचित्रका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्रको बितरण आरआर फिल्मस्ले गर्दैछ ।