Nikesh Limbu
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘स्काई सिनेमा’को सहकार्यमा ‘ब्लाइन्ड रक्स’
दृष्टिबिहिन सृष्टी केसीको जीवनीमा आधारित चलचित्र “ब्लाइन्ड रक्स” बेलायत स्थित ‘फोर्सेस सिनेमाज’ (Forces Cinemas) ले विश्व प्रसिद्ध ‘स्काई सिनेमा’ (Sky Cinema) को सहकार्यमा प्रदर्शन गर्नेभएको छ ।
बेलायत स्थित “Forces Cinemas” ले “Sky Cinema” जस्तो प्रतिष्ठित कम्पनी सँग मिलेर चलचित्र “ब्लाइन्ड रक्स” प्रदर्शन गर्न छनौट गरेकोमा आफुलाई धेरै खुशी लागेको निर्माता निकेश लिम्बुले जनाएका छन् । यस्तै उनले यो अवसर चलचित्र “ब्लाइन्ड रक्स” को लागि मात्र नभएर सम्पूर्ण नेपाली सिने जगतको लागि पनि ठुलो उपलब्धि रहेको समेत बताएका छन् ।
“Forces Cinemas” ले बेलायत सेनामा कार्यरत सैनिक र उनीहरुको परिवारलाई सिनेमा देखाउदै आएको छ । हलिउड चलचित्रहरु प्रदर्शन गर्दै आएको यस् कम्पनीले नेपाली चलचित्र “ब्लाइन्ड रक्स” यही नोवेम्बर १५ र १६ बेलायतको क्याटरिक मा ४ शो गर्ने भएको छ । रिचार्ड गुरुङ र दीपेन्द्र लिम्बुको संयोजकत्वमा ब्रुनाईमा नोवेम्बर १६ र १८ र राजु लिम्बु र रमेश लिम्बुको संयोजकत्वमा बेलायतको स्विन्डनमा नोवेम्बर २३ मा चलचित्र “ब्लाइन्ड रक्स” को शो हुने भएको हो ।
मिलन चाम्सको निर्देशनमा तयार भएको यस चलचित्रमा बेनिषा हमाल, गौरी मल्ल, रितेश चाम्स, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




