This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दुई साता पर सर्यो ‘चपली हाइट ३’
पूर्वनिर्धारित मितिमा दुई बिदेशी चलचित्र पनि प्रदर्शन हुने भएपछि चलचित्र ‘चपली हाइट ३’ ले आफ्नो प्रदर्शन दुई साता पर धकेलेको छ । यसअघि पुष २ गतेबाट प्रदर्शनमा आउने भनिएको ‘चपली हाइट ३’ साउथ चलचित्र ‘पुष्पा’ को हिन्दी डब र अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ नेपालमा प्रदर्शन हुने पक्का भएपछि दुई साता पछि सरेको हो । अब चलचित्र पुष १५ गते बिहीवारबाट प्रदर्शनमा आउने निर्माण टिमले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्माता अर्जुन कुमारले ‘पुष्पा’ को हिन्दी डब नेपाल आएको खण्डमा र ‘चपली हाइट ३’ ले शो कम पाउने अवस्था आए आफ्नो चलचित्र रिलिज नगर्ने बताउँदै आएका थिए । साउथ र हलिउड चलचित्रका कारण आफ्नो चलचित्रले कम सोज पाउने भएपछि निर्माता कुमार पछाडि हटेका हुन् ।
निकेश खड्का निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको यो चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal