Nikesh Khadka   
Movie's Credit : Director
Song's Credit : Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘चपली हाइट ३’को पहिलो गीत ‘चारानाको मसला’ सार्वजनिक

लेन्सनेपाल २०७६ माघ २२
‘चपली हाइट ३’को पहिलो गीत ‘चारानाको मसला’ सार्वजनिक

अर्जुन कुमारको निर्माण रहेको चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘चारानाको मसला’ बोलको गीतमा डिपी खनालको शब्द, सुभाष भुषालको संगीत, राज खम्बु र अश्मिता अधिकारीको स्वर र  प्रदीप लामा र द नेक्स्ट टिमको कोरियोग्राफी रहेको छ ।

गीतमा कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र कोरियोग्राफर प्रदीप लामाले नृत्य गरेका छन ।

चलचित्रमा स्वस्तिमा, सुपुष्पा, आमिर, महेशसँगै अर्पण थापा, प्रतिकमान श्रेष्ठ, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखकलगायातका कलाकारको अभिनय छ ।

निकेश खड्काको निर्देशन रहेको चलचित्रमा आकाश बरालको लेखन, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।

चलचित्र चैत २८ देखि प्रदर्शन हुँदैछ ।