Nawal Khadka   
Movie's Credit : Cast / Director / Producer / Presenter / Story / Screenplay / Dialogue / Lyricist

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

निर्माता संघको अध्यक्षमा खड्काको उमेदबारी घोषणा

लेन्सनेपाल २०७९ भाद्र १३
निर्माता संघको अध्यक्षमा खड्काको उमेदबारी घोषणा

निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । निर्माताहरूको छाता संस्था चलचित्र निर्माता संघको आसन्न महाधिवेशनमा आफू अध्यक्षमा उठ्न उनले सामाजिक संजालमार्फत घोषणा गरेका हुन् । 

आइतवार फेसबुकमा आफ्ना एजेन्डासहित उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एजेन्डामा उनले विदेशमा नेपाली फिल्म रिलिजदेखि विदेशी फिल्म न्युनिकरणसम्मका विषय उठाएका छन् । निर्माता संघको भवन निर्माण गर्ने, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी दूत नियुक्त, चलचित्र विकास बोर्ड ७ वटै प्रदेशमा खोल्न पैरवी गर्ने, सबै प्रदेशमा स्टुडियो तथा चलचित्र प्रज्ञा प्रतिष्ठान स्थापना पहल र नेपाली फिल्म रिलिजका लागि भरपर्दो ओटीटी प्लेटफर्मको खोजी लगायतका उनका एजेन्डमा परेका छन् । 

विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका खड्का नेपाल कलाकार संघका पुर्व अध्यक्ष हुन् ।