This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘काँडेतार’लाई दश लाख अनुदान
चलचित्र ‘काँडेतार’ले दश लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । चलचित्र विकास बोर्डको स्टोरी बैंक अन्तर्गत सामना फिल्म्स प्रालिद्वारा निर्मित ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग बापत दश लाख रुपैयाँ प्रदान गरिएको हो ।
निर्माता, निर्देशक तथा अभिनेता नवल खड्काको कथा तथा निर्देशन रहेको चलचित्रले शनिवार बोर्डको २३ औं वार्षिकोत्सवको अवसरमा उक्त रकम प्राप्त गरेको हो । विकास बोर्डमा आयोजित एक कार्यक्रमका बिच सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले खड्कालाई उक्त रकम हस्तान्तरण गरिन् ।
उत्तः रकम प्राप्त गरेपछि नवलले भने – ‘देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान साथै स्वदेशी चलचित्रको प्रवर्धन भएको मैले महशुस गरेको छु ।’
‘काँडेतार’ जस्ता चलचित्रलाई सरकारले सहयोग गर्न पाउँदा आफू र सरकारसमेत खुशी भएको कुरा मन्त्री शर्माले बताइन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


