Narendra Maharjan   
Movie's Credit : Producer / Executive Producer / Distributor

News

फोरके प्रोजेक्सन सहित सञ्चालनमा आउँदै रञ्जना सिनेप्लेक्स

लेन्सनेपाल २०७८ चैत्र १०
फोरके प्रोजेक्सन सहित सञ्चालनमा आउँदै रञ्जना सिनेप्लेक्स

न्यूरोडको रञ्जना सिनेमा पुनः सञ्चालनमा आउने भएको छ । बन्दभएको वषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आउन लागेको हो ।

शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियमहरु अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आउने जनाइएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । यस्तै नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ ।

काठमाडौंको मुख्य ब्यापारिक केन्द्र मानिने न्यूरोड मानिसहरुको अत्याधिक चाप हुने स्थान हो । सो स्थानमा अर्को चलचित्र हल नहुँदा रञ्जनाको पुरानो इतिहास दोहोरिन सक्ने पूर्वानुमान गर्न सकिन्छ । बिं.सं २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हल मध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् ।

२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको हो । सोही समयदेखि रञ्जना सिनेमा पुनः सञ्चालनको तयारी भएको थियो । बिभिन्न ग्रुपले उक्त चलचित्र हल सञ्चालनका लागि तयारी गरेका थिए । अन्ततः नरेन्द्र महर्जनको ग्रुपले उक्त हल सञ्चालनमा ल्याउन लागेको हो ।