Nabin Chauhan   
Movie's Credit : Director / Story / Screenplay / Dialogue
Song's Credit : Director / Story/Concept

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०८२ बैशाख १६
चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले कन्सर्ट प्रस्तुत गरेको छ, जहाँ पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको सामाजिक कथानक चलचित्र हो । यसका निर्देशक नवीन चौहानले चलचित्रको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए । उनले चलचित्र बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँ जनाको बनेको बताए । “मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ । सुरुमा म एक्लैले देखेको सपना अब सयौँ जनाको भएको छ,” चौहानले भने ।

चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए । उनले आर्टमान्डूका गीतहरू जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गर्न अनुरोध गरे । मुख्य अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन् । उनले यो चलचित्र हेरेपछि आर्टमान्डूले सुरुआत गरेको चलचित्रको बेग्लै संसारमा पुगिने जनाइन् ।

कलाकार भावना खपाङ्गी मगरले आफू फिल्मका रङ्गीचङ्गी धागोहरूमध्ये एक धागो भएको महसुस गरेको बताइन् । कलाकार परीक्षा लिम्बूले एक वर्षपछि फेरि चलचित्रको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफूका लागि भाग्यको कुरा भएको बताइन् । कलाकार एलेक्स पारसले आफ्नो काम सबैसँग बसेर हेर्न पाउँदा आनन्द लागेको बताए भने सुरज तमुले यो चलचित्र आफूका लागि रमाइलो र महत्त्वपूर्ण यात्रा बनेको बताए ।

चलचित्रमा गीत निर्देशक रहेका सुजन चापागाईँले लामो यात्राको क्रममा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै दर्शकको माया पाएको गीत जस्तै चलचित्रलाई पनि माया गरिदिन आग्रह गरे ।

'ऊनको स्वीटर'मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ ।