Nabin Chauhan   
Movie's Credit : Director / Story / Screenplay / Dialogue
Song's Credit : Director / Story/Concept

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘ऊनको स्वीटर’को टिजर रिलिज, मिरुनाको डायरीमा अटो भर्दै विपिन

लेन्सनेपाल २०८१ चैत्र १९
‘ऊनको स्वीटर’को टिजर रिलिज, मिरुनाको डायरीमा अटो भर्दै विपिन

एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरहरूमा कैद गरिन्थ्यो । प्रेमी-प्रेमिकाले सँगै बिताएका पलहरू, साझा सपना र गहिरा भावना डायरीका हरफहरूमा जिउँदै थिए । तर डिजिटल युगको उदयसँगै त्यो परम्परा धमिलो बन्दै गयो, स्मृतिहरू अब स्क्रिनमा कैद हुन्छन्, तर तिनको आत्मीयता कत्तिको बाँकी छ भन्ने प्रश्न उठ्न थाल्यो ।

यही भुलिँदै गएको समयलाई मङ्गलवार रिलिज गरिएको चलचित्र ‘ऊनको स्वीटर’ टिजरले पुनः जीवित गरिदिएको छ, जहाँ डायरीका पानाहरू पल्टाउँदा निस्कने पुरानो यादको सुवास अझै पनि ताजा महसुस गर्न सकिन्छ । चलचित्रको टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा प्रस्तुत गरिएको छ ।

चलचित्रमा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन् । साथै, विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि प्रमुख अभिनय रहेको छ । यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतार-चढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ । विपिन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका गहिराइहरू बुन्न खोजिएको छ, भने एलेक्स र परीक्षाले प्रेममा आउने नोकझोक र भावनात्मक टकराबलाई जीवन्त बनाएका छन् । अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

टिजरमा मिरूनाले दिएको डायरीमा विपिन आफ्ना भावना लेख्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । विपिनले साङ्केतिक रूपमा प्रेमका कुरा व्यक्त गरेका छन् भने, मिरूनाले प्रेम रहे पनि त्यसमा जटिलता रहेको सङ्केत गरेकी छन् ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । सुजन चापागाईँको सङ्गीत रहेको चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ । चलचित्रमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ ।