Nabin Chauhan
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
विपिन भन्छन् ‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि दस्तावेज हुनेछ
निर्देशक नवीन चौहानले चलचित्र ‘ऊनको स्वीटर’ले नाम जस्तै मुलायम कथा भन्ने बताएका छन् । पुतलीसडकस्थित स्टार मल्लमा चलचित्र पत्रकारहरुसँग गफिदै उनले यस्तो बताएका हुन् ।
चारवर्ष अगाडि नै सोचेको कथामा चलचित्र बनाएको भन्दै उनले भने – ‘मैले चलचित्रको कथालाई महसुस गरेर नै नाम राखेको हुँ । मैले कल्पना गरेको एउटा संसारलाई चलचित्रमा चित्रण गर्ने कोसिस गरेको छु ।’ यसअघि साङ्गीतिक श्रव्यदृश्यमार्फत भिन्नभिन्न कथालाई शशक्त रुपमा प्रस्तुत गरेका नविनले चलचित्र र म्यूजिक भिडियो बिचको फरक बुझेरै काम गरेको जनाए । उनले भने, ‘गीत र त्यसको लागि निर्माण गरिने श्रव्यदृश्यभन्दा चलचित्र निकै फरक छ भन्ने मैले बुझेर नै त्यहीअनुसार आफूले सक्ने काम गरेको छु ।’
यस्तै पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने ‘ऊनको स्वीटर’ आफूले वर्षौंपछिसम्म सम्झिने चलचित्र बनेको अभिनेता विपिन कार्कीले जनाएका छन् । अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा ‘ऊनको स्वीटर’ र यसको पात्र धरणीधर काफ्लेको चर्चा हुने बताए । उनले भने, ‘यस चलचित्रको व्यावसायिक नतिजाका विषयमा म भन्न सक्दिनँ, तर हामीले उठाएको विषय, यसको निर्माणले पनि यो वर्षौंसम्म रहने चलचित्र बनेको छ । यो नयाँ पुस्ताका लागि एउटा दस्तावेज पनि हुनेछ, ग्रामीण जीवनको । मैले आफ्नो उत्कृष्ट भन्ने पाँच चलचित्रमा यो पर्छ ।’
उनले यसअगाडि ‘जात्रा’, ‘हरि’, ‘नाका’ र ‘सेल्फी किङ’लाई उक्त चलचित्रमा निर्वाह गरेको पात्रका आधारमा विशेष मान्दै आएका छन् । ‘मैले नाम लिएका चलचित्रहरू मेरा लागि खास हुनाका कारण नै त्यसका पात्र हुन्, विषय हुन् । ती अहिले हेर्नुस् वा पाँच वर्षपछि उस्तै ताजा लाग्नेछन् । त्यसमा भएका पात्र सजिलै तपाइँसँग जोडिनेछन्’, अभिनेता कार्कीले भने ।
उनको जोडी बनेर पर्दामा देखिदैछिन अभिनेत्री मिरुना मगर । मिरुना चलचित्रमा ‘फूल गुरुङ’को भूमिकामा छिन । उनका अनुसार उक्त पात्र आफ्नो मनको कुरा फ्याट्ट भनिहाल्ने र त्यसको परिणाम नसोच्ने किसिमले तयार गरिएको छ । निर्देशकले पहिलोपटक कथा सुनाउँदा नै पात्रसँग आफु जोडिएको मिरुनाको भनाई छ । ‘वास्तविक जीवनभन्दा उल्टो पात्र मैले चलचित्रमा निर्वाह गरेकी छु । त्यसकारण सुरुआती समयमा केही डर पनि थियो, तर अभिनेता कार्कीसँग काम गर्दा अभिनयका केही आयाम सिक्न पाएँ । म बाल्यकालमै नेपाल छाडेर विदेश गएकाले पनि ग्रामीण जीवनलाई धेरै बुझ्न पाएकी थिइन् । तर, मैले चलचित्रमा निर्वाह गर्ने भूमिकामार्फत विभिन्न कला र संस्कृतिलाई नजिकबाट बुझेकी छु, ती चलचित्रका पात्रमार्फत उक्त संस्कृतिसँग जोडिएर जीवन बाच्न पाएँ’, अभिनेत्री मगरले भनिन् ।
चलचित्रमा परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको पनि अभिनय रहेको छ । वैशाख २६ गते रिलिज हुने चलचित्र पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


