Mukunda Bhatta   
Movie's Credit : Director / Screenplay / Dialogue / Action Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुने

लेन्सनेपाल २०७७ पौष २७
‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुने

चलचित्र ‘लप्पन छप्पन २’ नेपाली, हिंन्दी, तमिल र भोजपुरी गरी चार भाषामा रिलिज हुने भएको छ । निर्माता समेत रहेका निर्देशक मुकुन्द भट्टले चलचित्र चार भाषामा प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् ।

फागुन २७ गतेबाट प्रदर्शको तयारीमा रहेको चलचित्रको हाल पोष्ट प्रोडक्सनको काम भइरहेकोछ । एक्सन जनराको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतका कलाकारले डेब्यु गर्दैछन् ।

निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद रहेको चलचित्रमा अमित शर्माले पनि पटकथामा साथ दिएका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसीसहित निर्देशक भट्टको एक्सन, निरज केसीको साउण्ड डिजाइन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह–निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् । चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।