Mukunda Bhatta
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘लप्पनछप्पन २’को ट्रेलर सार्वजनिक
चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सनले भरिपूर्ण ट्रेलरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई सुपर स्टारको ट्याग दिइएको छ । उनीसँगै ट्रेलरमा अर्पण थापा, अनुपविक्रम शाही लगायतलाई देखाइएको छ । चलचित्रमा अर्पण भिन्न लुक्समा प्रस्तुत भएका छन् ।
‘मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्र यही फागुन २० गतेबाट प्रदर्शन हुदैछ । कोभिड १९ को चपेटामा परेको यो चलचित्रको प्रदर्शन मिति कोभिडकै कारण पटक पटक सारिदै आएको थियो । निर्मल कुमार मिश्रले निर्माण गरेको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, आना ढकाल लगायतको अभिनय रहेको छ ।
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’मा पुरुषोत्तम प्रधानको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



