Mukunda Bhatta
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘लप्पन छप्पन २’ को टिजरमा सौगात मात्र
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ ।
चलचित्रको रिलिज मिति परिवर्तन भएसँगै टिजर सार्वजनिक गरिएको हो । यो चलचित्र नयाँ वर्षका अवसर पारी आउने चैत्र २७ गतेबाट प्रदर्शन हुने भएको छ । टिजरमा अभिनेता सौगात मल्ललाई मात्र देखाइएको छ । टिजरमा सौगातलाई सुपरस्टारको ट्याग दिइएको छ ।
एक्सन ड्रामा चलचित्रमा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिनालगायतका कलाकारको अभिनय रहेको छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रमा निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद छ । गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले निर्माणमा सहकार्य गरेका छन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



