News
‘चेतन कार्की प्रतिष्ठान’ स्थापना

वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा ‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी पत्नी गंगा कार्की रहने गरी मंगलबार तदर्थ समिति गठन गरिएको हो ।
वरिष्ठ अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ कलाकार एवं लेखक मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा चेतन कार्कीका सुपुत्रद्वय पारश कार्की र पंकज कार्की र तदर्थ समिति सदस्यमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, कलाकार रविन्द्र खड्का र कवि दिव्य गिरि रहेका छन् ।
प्रतिष्ठानको कार्यालय ललितपुरस्थित चेतनकै घरमा रहने छ । हीरासिंहको नाममा उहाँले स्थापना गरेको पुरस्कारलाई निरन्तरता दिने तथा चेतनको नाममा सम्मान र पुरस्कार स्थापना गर्ने, उहाँका प्रकाशित पुस्तक र सम्मानपत्रको संरक्षण गर्ने र अप्रकाशित कृति तथा रचना प्रकाशन गर्नेलगायत उद्देश्यसहित प्रतिष्ठानको स्थापना गरिएको बताइएको छ ।
बरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको जीवनी
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal