This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘साइनो’को दोस्रो गीत सार्वजनिक
वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साइनो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘कुन मायाको साइनो’ बोलको लिरिकल भिडियोमा मीरुना मगर, निता ढुङ्गाना र राज कुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ ।
एलिश कार्कीद्वारा संगीतवद्द गीतमा प्रताप दास र जीना रसाइलीको स्वर छ भने, रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । गीतमा राजेशकुमार श्रेष्ठको शब्द छ ।
साउन २४ गते प्रदर्शन हुने चलचित्रमा नीता, मिरुना र राजसँगै पहिलो नेपाली अभिनेत्री भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।
अभिमन्यु निरवीको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन र बनिश शाहको सम्पादन छ । साउन २४ गतेबाट प्रदर्शन हुने चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् ।
साइनो ‘टिकटक च्यालेन्ज’
पछिल्लो समय चर्चामा रहेको टिकटक चलचित्रको प्रमोशनको लागि समेत डिजिटल प्लेटफर्म बनिरहेको छ । यसै क्रममा केही चलचित्रले टिकटक च्यालेन्ज समेत घोषणा गर्ने गरेका छन् ।
टिकटक च्यालेन्ज मार्फत चलचित्रको प्रमोशन थाल्ने पछिल्लो चलचित्र हो साइनो । आइतबार रिलिज गरिएको ‘कुन मायाको साइनो’ बोलको गीतका लागि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
गीतको कुनै पनि अंशमा इच्छुकले टिकटक भिडियो बनाउन सक्नेछन् । यसरी बनाइएको भिडियोलाई चलचित्र ‘साइनो’को अफिसियल फेसबुक पेजमा सेन्ड गरेर च्यालेन्जमा सहभागिता जनाउन सकिनेछ ।

च्यालेन्जमा उत्कृष्ट हुने भिडियोलाई निर्माण टिमले आकर्षक पुरस्कार पनि तय गरेको छ । जस अनुरुप प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार छुट्टयाइएको छ ।
त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्ता गरिनेछ । विजेताहरु घोषणा चलचित्र रिलिज अगावै हुने जनाइएको छ । चलचित्र साउन २४ गतेबाट प्रदर्शन हुनेछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


