This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘साइनो’ले संस्कार सिकायो – मिरुना मगर
मिरुना मगर अभिनित चलचित्र ‘साइनो’ शुक्रबारबाट प्रदर्शन हुँदैछ । आफ्नो तेस्रो चलचित्रलाई लिएर मिरुना उत्साहित छिन् । एक त नेपालको पहिलो नायिकाले बनाएको चलचित्रमा काम गर्ने अवसर पाइन त्यसमाथी आफ्नो मौलिक संस्कार पनि सिक्न पाइन ‘साइनो’मा काम गर्दा । त्यसैले त अघिल्ला चलचित्रको तुलनामा बढी मेहनत गरेको र उत्साहित रहेको बताएकी छिन्।
पुखौली घर धरान भएपनि हंङकङमा जन्मेर बेलायतमा बसोबास गरिरहेकी मिरुनाले ‘साइनो’मार्फत नै रोधीजस्ता आफ्नो संस्कृति र असारमा धान रोप्ने चलनबारे बुझ्ने मौका पाएको खुलाइन् । ‘यूकेमा रहँदा घरभित्र नेपालीपन भए पनि बाहिर निस्केपछि माहोल नै अर्कै हुन्थ्यो। तर, ‘साइनो’मार्फत मैले नेपाली संस्कतिलाई नजिकबाट महसुस गर्न पाएँ’, हालैको एक भेटमा मिरुनाले भनिन्– ‘धान रोप्ने र हिलो खेल्न पाएँ। हामीले सुटिङका लागि धान रोपकोजस्तो मात्र गरेनौं, धान रोप्न सिकेरै रोपाई गर्यौं ।’
यही चलचित्रबाट नायकका रूपमा डेब्यु गरेका राजकुमारले आफूले भुवन चन्दको चलचित्रबाट डेब्यु गर्ने अवसर मिल्छ भन्ने कुरा नसोचेको बताए । ओस्कार इन्टरनेसनल कलेजको अभिनय प्रशिक्षक रहेका राजकुमारले साइनोमा भने पुराना कलाकारहरूबाट आफूले अभिनय सिकेको बताए । उनले भने – ‘मैले इण्डिमामा मेरो गुरु ब्यारी जनसँग एक्टिङ क्लास लिएर उहाँकै अनुरोधमा केही वर्ष असिस्ट गरें । त्यसपछि मुम्बईमा बसेर ११ वर्षसम्म संघर्ष गरें । जी टेलिभिजनको सिरियलमा अभिनय र त्यहाँको विभिन्न थिएटरमा पनि काम गरें। तर, पनि एउटा बाटो भेटेको थिइन ।’ – उनले अघि थपे ‘म कलेजमा अभिनय सिकाइरहेको हुन्छु । तर, सेटमा सिनियर कलाकारबाट अभिनय सिक्ने मौका ाए ।’ अभिनय सिकाउनुभन्दा गर्न गाह्रो भएको बताउने राजकुमार चलचित्रलाई दर्शकले मन पराउनेमा विश्वस्त छन् ।
यस्तै निर्देशक रमेश थापाले चलचित्र तामाङ परिबेशमा बनेको बताएका छन् । अन्तरजातीय प्रेमकथा भन्ने चलचित्र त्रिकोणत्मक प्रेममा आधारित छ । कलाकार राजाराजेन्द्र पोखरेल आफू त्रिकोणात्मक प्रेमकथाको बीच–बीचमा जोडिने तथा हँसाउने भूमिकामा रहेको बताउँछन् ।
चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिरुना, राजकुमार र राजाराजेन्द्रका अलवा भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री, निता ढुङ्गानालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


