This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
आर्यन र मिरुनाको ‘च च हुई’ मंसिर ६ मा
चलचित्र ‘च च हुई’ मंसिर ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि कार्तिक २९ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको भएपनि बितरकसँगको सम्झौता पछि मंसिर ६ गतेलाई फाइनल गरिएको हो ।
साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सुशन प्रजापतिको छायाँकन, राजनराज सिवाकोटी र रोशन थापाको संगीत र सिजन दाहाल र सन्देश अर्यालको लेखन रहेको छ ।
‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा अमृत घोले लामाको लगानी रहेको छ । निर्देशक भुटियाले आफ्ना यसअघिका चलचित्र भन्दा ‘च च हुई’ नितान्त फरक र कमर्सियल चलचित्र बनाएको बताएका छन् । उनले दर्शकलाई भरपुर मनोञ्जन दिलाउने प्रयास यो चलचित्रमा गरेको जनाएका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


