Milan Chams
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
झुर फिल्म खेल्यो भनेर मलाई गाली खानु छैन – पल शाह, अभिनेता
पल शाह १४ महिना पछि पर्दामा देखिदैछन् । हुन त हप्तै पिच्छे पल अभिनित म्यूजिक भिडियो रिलिज नभएका होइनन् तर, ठुलो पर्दा भने उनी ‘शत्रु गते’ पछि ‘बिर बिक्रम २’ मा देखिदैछन् ।
म्युजिक भिडियोबाट बनाएको स्टारडम बचाइ राख्न पलले कम तर, राम्रा चलचित्रमा मात्र काम गर्ने बताउँदै आएका थिए । औलामा गन्न सकिने चल्तीका कलाकार मध्येका एक यि अभिनेताले चलचित्रको अफर नपाएका भने होइनन् तर चुजी हँदा लामो समय पछि मात्र पर्दामा देखिन लागेका हुन ।
पल यो बिचमा आफुले राम्रो कन्टेनको स्कृप्ट र सोही अनुरुपको मेकर नपाउँदा १४ महिना लागेको बताउँछन् । लामो समय पछि पर्दामा देखिन लागेका कारण कस्तो चलचित्र छाने त भन्ने कौतुहलता उनका दर्शकमाझ हुनु स्वभाविक छ । ‘बिर बिक्रम २’ जेष्ठ ३ गते प्रदर्शनमा आए पछि त्यसको जवाफ मिल्ने नै छ । यद्यपी पल भने जे पायो त्यही चलचित्र गर्न मन नलागेका कारण लामो समयको पर्खाइ पछि एक उत्कृष्ट चलचित्रका साथ पर्दामा देखिन लागेको बताउँछन् ।
‘बिर बिक्रम २’ राम्रो कन्टेन अनि राम्रो मेकरले बनाएको चलचित्र भएका कारण दर्शक निराश नहुने उनको भनाई छ । अझ नाटकबाट खारिएका नाजिर हुसेन, बुद्धि तामाङ, निर्देशक मिलन चाम्स लगायतको साथका कारण अघिल्ला चलचित्रमा भन्दा यसमा आफ्नो अभिनय परिपक्क देखिने बताउँछन् । हरेक चलचित्रलाई आफ्नो स्कूल मान्ने यि अभिनेताले ‘बिर बिक्रम २’ को दौरान धेरै कुरा सिक्न र बुझ्न पाएको जनाए । अभिनयमा पहिलेको भन्दा निखारता पाउने भन्दै उनले सत् प्रतिशत भने कोही पनि नहुने जिकिर गर्छन ।
त्यसो त पलले आफुले दर्शकको गाली खाने गरि काम नगरेको समेत बताएका छन् । ‘यतिका समय कुरेर काम गरेको चलचित्र झुर छ भन्ने मलाई लाग्दैन ।’ उनले अघि थपे ‘स्कृप्ट देखि चलचित्रको मेकिङ सम्म धेरै कुरा बुझेर मात्र ‘बिर बिक्रम २’ मा अनुबन्धित भएको हुँ ।’
पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्धि तामङ लगायतका कलाकारको मुख्य भुमिका रहेको चलचित्र ‘बिर बिक्रम २’ सन् २०१६ को चलचित्र ‘बिर बिक्रम’ को सिरिज हो । मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा सुदीप बरालको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्धाजको लेखन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire








