Milan Chams   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

२० करोडभन्दा बढीको लागतमा ‘गोर्खा वारियर’

लेन्सनेपाल २०७६ माघ १८
२० करोडभन्दा बढीको लागतमा ‘गोर्खा वारियर’

निर्माण शुरु हुनु अगावै चलचित्र ‘गोर्खा वारियर’को प्रचार थालिएको छ । नेपाली र अंग्रेजी भाषामा निर्माण हुन लागेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । नेपाली चलचित्रलाई विश्वव्यापी रुपमा चिनाउने उद्देश्यका साथ ‘गोर्खा वारियर’ निर्माण गर्न लागेको जनाएका मिलनले लण्डनमा पहिलो पटक डबल टेकर बसबाट प्रचार सुरु गरेका हुन् । उनका अनुसार प्रचारमा ५० वटा डबल टेकर बस प्रयोग गरिएको छ ।

लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रलाई प्रदिप भारद्वाजले लेखेका हुन् । चाँडै छायांकन सुरु हुने जनाइएको चलचित्रले बिर गोर्खालीहरुको कथा भन्नेछ । सन् २०२१ मा प्रदर्शन हुने चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुनसँगै हलिउड कलाकारहरुको पनि अभिनय रहने जनाइएको छ । यस फिल्मबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्दैछन् । 
 
५० प्रतिशत हलिउड प्राविधिकले काम गर्ने ‘गोर्खा वारियर’ निर्देशक चाम्सको ड्रिम प्रोजेक्ट हो । २० करोडभन्दा बढीको लागतमा निर्माण हुने चलचित्रको छायांकन यूके, अफगानिस्तान र नेपालमा गरिने छ ।