Milan Chams
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘गोर्खा वारियर २’ निर्माणको औपचारिक घोषणा
चलचित्र ‘गोर्खा वारियर २’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा युद्धमा शहादतप्राप्त गरेका गोर्खा सैनिकप्रति पनि कार्यक्रममा फुलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरिएको थियो ।
फागुन २७ गतेबाट छायाँकन आरम्भ हुने चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्ने भएका छन् । चलचित्र गोर्खा वारियरको छायाँकन गर्न केही समय लाग्ने र बजेट बनी निकै बढी भएका कारण त्यो भन्दा पहिले दोस्रो सिरिज अर्थात ‘गोर्खा वारियर २’ निर्माण गर्न लागिएको निर्माता समेत रहेका निर्देशक चाम्सले जनाएका छन् ।
चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, बिजय लामा, रियर राई, भुवन सिंह राई, शिषिर वाङदेल, बुद्दि तामाङ, कविता आले, बिरुप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन् । लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टको सहकार्य रहने चलचित्रमा सह निर्माता सुरेश राई र पूर्ण लिम्बु रहेका छन् । चलचित्रलाई नेपाल सहित मलेशिया र बेलायतमा छायांकन गरिने छ ।
कार्यक्रममा बोल्दै निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिहरुले व्यक्त गरेका भनाई र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य दृष्यसहित प्रकाश पारेका थिए । गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्ये एउटा वास्तविक कथालाई यो चलचित्रमा उतार्न लागेको पनि उनले बताए । गोर्खा वारियर ४ सिरजिमा निर्माण हुने छ ।
२०२२ मा प्रदर्शन लक्ष्य राखिएको चलचित्रमा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरीराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदिप बरालको डिओपी र हिमाल केसीको द्वन्द निर्देशन रहने छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal