This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
रिलिज डेट तय गर्दै चलचित्र ‘साँइली’को पोस्टर सार्वजनिक
चलचित्र ‘साँइली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चैत्र १५ गतेलाई रिलिज डेट तय गर्दै रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रको पोष्टर सार्वजनिक गरिएको हो ।
सन् २०१७ को शुरुमै सार्वजनिक भएको संगीतकार कालिप्रसाद बासकोटाको गीत साईली निकै चर्चित भएपछि यसका गायक हेमन्त राना र भिडियोमा अभिनय गरेका कलाकार गौरब पहारीले साइली नामको चलचित्र निर्माण गरेका हुन । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्माता, बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सहनिर्माता र मणिराज पोखरेल कार्यकारी निर्माता रहेका छन् । यस्तै काली प्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


